सियोल । ठकुरी समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अशोक खाँण ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुशील खाँण र उपाध्यक्षहरुमा बिन्दु शाह र हस्त शाही चयन भएका छन् । महासचिवमा सुनिल चन्द, सचिवमा मोहन सेन ठकुरी र कोषाध्यक्षमा डम्बर चन्द निर्वाचित भएका छन् । यस्तै कार्यसमितिको सदस्यहरुमा बास्ना शाही, निरु शाही, कृश शाही, भोजबहादुर चन्द, शंकर खाँण, आशिष् शाह ठकुरी र कृष्ण शाही निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल एक बर्षको हुनेछ ।
अधिवेशनमा निर्वाचन प्रयोजनका लागि सुन्दर सिंहको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको थियो । कमिटीको सदस्यहरुमा राजेन्द्र हमाल, कमल शाही र मिलन सिंह रहेका थिए।

नवनिर्वाचित अध्यक्ष अशोक खाँण स्याङ्जाको ज्याग्दिखोलामा जन्मेर पोखरामा स्थाई बसोबास गर्छन् भने एकदशक भन्दा बढी समयदेखि दक्षिण कोरियामा कार्यरत थिए ।
दक्षिण कोरियाको राजधानी सियोल शहरको छोङ्गाकस्थित शिला रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष प्रकाश सिंह ठकुरीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सियोलका प्रतिष्ठित व्यावसायी छानु चन्द रहेका थिए ।
सन् २०१३ मा स्थापित ठकुरी समाज दक्षिण कोरियाले कोरिया र नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।