काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी हुँदा दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राई रहेकी छन् । उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन्। उनको शव बिहान ९ बजे पोष्टमर्टमको लागि पाटन अस्पताल पु¥याएको छ ।
बिजुली सर्ट भएर आगलागी भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।