January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

695

काठमाडौं- राष्ट्रियसभाका एकजना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा एक सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । एक सांसद र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि बैठक निर्धारित समयमै बस्ने जनाइएको छ ।

Advertisement