February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न

405

पाँचथर । मिक्लाजुङ ६ कन्याटार पाँचथरमा मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न भएको छ । सोमबार युनेस्कोको आर्थिक सहयोगमा ग्रामिण क्षेत्रका किशोर किशोरीहरुलाई मिडिया साक्षरता र सामाकि सञ्जालको बिषयमा गोष्ठि सम्पन्न भएको हो ।

उक्त गोष्ठीमा मिक्लाजुङ ६ कन्याटारका ४० जना बिद्यार्थिहरुको सहभागीता रहेको थियो । गोष्ठीको सहजिकरण युनेस्को मिडिया च्याम्पियन सुप्रिया राइले गरेकी थिइन ।

मिथ्या सूचना र यसको असर बारे पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिएका थिए । साइबर बुलिङ र यसको प्रभावबारे पत्रकार दिपक बोहोराले बिचार राखेका थिए ।

Advertisement

कार्यक्रममा मिक्लाजुङ ६ का वडाध्यक्ष पुणर्कुमार आङबोहाङ, स्थानिय राजनितिक दलका प्रतिनिधिहरु,प्रहरी र स्थानियहरुको सहभागीता रहेको थियो । साथै स्थानिय रेडियो रबिमा युनेस्को मिडिया च्याम्पिन सुप्रिया राई र पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले मिडिया साक्षरता र मिथ्या सूचना र यसको असर बारे रेडियो कार्यक्रम समेत सञ्चालन गरेका थिए ।