February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक पारित

1.5K

पाँचथर । फिदिम नगरपालिकाको १२औँ नगरसभाले ‘फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७९’पारित गरेको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न नगरसभाले उक्त विधेयक परित गरेको हो ।

नगरपालिकाको भाषा, लिपि, लोककला, लोकसंवाद, साहित्य, संस्कृतिको संरक्षण र संबर्धन गर्दै कला सहित्य र संस्कृतिको अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान विधेयक पारित गरिएको हो । यस क्षेत्रमा समर्पित प्रतिभाहरुको खोजि, सम्मान तथा कदर गर्न कानुनी व्यवस्था आवश्यक रहेको ठहर गरेर बिधेयक पारित गरिएको नगर प्रमुख काफ्लेले बताए ।

प्रतिष्ठानमा अध्यक्षसहित उपाध्यक्ष, सदस्य सचिव र एक महिलासहित दुई जना प्राज्ञ सदस्य हुने व्यवस्था छ । त्यस्तै १० जना अन्य परिषद सदस्य हुने व्यवस्था गरिएको हो ।

Advertisement

उक्त समितिमा फिदिम नगरपालिकामा स्थायी बसोवास गरी नगरपालिकाको मतदाता नामावलिमा नाम भएकाहरुमध्ये भाषा, लिपी, लोकवार्ता, साहित्य, ललीतकता तथा संस्कृतिमा योगदान पु¥याएका व्यक्तिहरुबाट प्रतिनिधित्व गराईने विधेयकमा उल्लेख छ ।

प्रतिष्ठानको अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिव नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको संयुक्त बैठकले नियुक्त गर्ने विधेयकमा उल्लेख गरिएको छ ।