July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

धनकुटाको सिँधुवामा भीषण आगलागी

1.4K

काठमाडौं । धनकुटाको सिँधुवा बजारमा भीषण आगलागि भएको छ । बजारको काउली चोक नजिकै भएको आगलागीबाट करिब ४ वटा घर जलेर नष्ट भइसकेको स्थानीय खेमराज सुब्बा योङ्हाङले जानकारी दिए ।

योङ्हाङ्का अनुसार १ घण्टा अघि आगलागी सुरु भएको हो । आगो निभाउन भर्खरै दमकल आइपुगेको छ । सिँधुवामा दमकल नभएको कारण तेह्रथुमको बसन्तपुरबाट दमकल झिकाएको तर धेरै ढिला आइपुगेको उनले बताए ।

ललिता राईको घरबाट सुरु भएको आगलागीबाट करिब ४ बटा घर जलिसकेको छ । सुरुमा प्रहरी तथा स्थानीयहरुले आगो नियन्त्रण गर्ने प्रयास गरेतापनि नियन्त्रण बाहिर गएपछि नसकिएको उनले जानकारी दिए ।

Advertisement