July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

भीआइपी सुविधा नलिइ चितवन पुगे गृहमन्त्री लामिछाने

1.3K

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने भीआइपी सुविधा नलिइ पहिलो पटक चितवन पुगेका छन् ।

विहीबार विहान जहाज चढ्न उनी बस चढेर विमानस्थल पुगेका थिए । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन गएका हुन् ।

लामिछानेले भिआइपी सुविधा नलिई सर्वसाधरणसँगै बस चढेर जहाजसम्म पुगेको र विमानस्थलमा पनि भीआइपी कक्ष प्रयोग नगरेको गृहमन्त्रीको निजी सचिबालयले जनाएको छ ।

Advertisement

उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरे साथै लगत्तै उनी आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका थिए ।