July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

गलत समाचारले ठूलो समस्या पैदा गराउँछः प्रदेश प्रमुख परशुराम खापुङ

1.5K

बिराटनगर । सञ्चार सहकारी संस्थाको ११औं वार्षिकोत्सवको उद्घाटन भएको छ । सञ्चारकर्मी विराटनगरस्थीत नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा बुधबार प्रदेश १ का प्रमुख परशुराम खापुङले वार्षिकोत्सवको उद्धाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख खापुङले समाचारमा सत्यतथ्यमा जोड दिनुपर्ने बताए । खापुङले गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा खण्डन हुँदा पनि अगाडि भइसकेको समस्याको हल नहुने कुरालाई पनि औंल्याए ।

संस्थाका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. १ का अध्यक्ष लिलावल्लभ अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, सहकारी संस्थाका उपाध्यक्ष दिपकुमार दाहाल, जिल्ला सहकारी वचन संघ, मोरङका अध्यक्ष माधव अधिकारीले पनि मन्तव्य दिनुभएको थियो ।

Advertisement

कार्यक्रम उत्कृष्ट ऋणी भोजराज घिमिरे, धनकुमारी थापा, असल वचतकर्ता श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई सम्मान गरिएको थियो ।