July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

काँग्रेसको पदाधिकारी बैठक जारी

1.2K

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा केहिबेर अघि सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ ।

पदाधिकारी बैठक लगत्तै संसदीय दलको बैठक बस्ने छ । संसद भवन नयाँबानेश्वरमा बस्ने उक्त बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले आज बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदैछन् ।

Advertisement