July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

प्रधानमन्त्रीको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धारको पहल शुरु

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिएका छन् । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो ।

समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल सुरू गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल यस विषयमा गम्भीर हुनु भएको र तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्ने उहाँको सचिवालयले जनाएको छ ।

Advertisement

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ । सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् ।

कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरूमाथि कुटपिटसमेत भएको उनीहरूको गुनासो छ । कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरूलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ । बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।