May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

पृथ्वी जयन्तीमा सार्वजनिक विदा: भ्यालेन्टाइन डेमा पनि विदा माग्ने समूह तयार हुँदैछ !

1.5K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माग बमोजिम पुस २७ गते सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार भएपछि विभिन्न टिकाटिप्पणी शुरु भएको छ ।

बिहीबार तयार पारिएको सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदामा यो विषय समेटिएको छ। विदाको विषयलाई गणतन्त्रवादी भनिएका पार्टीका नेताहरुले आपत्ति जनाएका छन् । तर त्यसको प्रतिरक्षा गर्दै एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्। शनिबार बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र नफर्कने स्पष्ट पारेका हुन्।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ।’ बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन, उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’

Advertisement

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ।

कार्यदलले तयार पारेको शनिबार शीर्षस्थ नेताहरूसमक्ष पेस गरिने छ। शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी भने छैन। उसले सरकारमा सहभागिताका लागि राखेका शर्तहरूमा पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने विषय पनि थियो। राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ।