काठमाडौं । सरकारले न्यूनमत साझा कार्यक्रमको खाका तयार गरेको छ । विहीबार बसेको कार्यदलले न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप पनि दिइसकेको छ । कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव समेटिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कार्यदलमा रहेका महामन्त्री धवल शमशेर जबराले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेसहित राप्रपाले उठाएका प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलले उक्त कार्यक्रम शनिबार शीर्ष नेताहरू समक्ष पेस गर्ने छ । शीर्ष नेताहरुसमक्ष कार्यक्रम पेस गरेपछि सार्वजनिक गरिने बताइएको छ ।