काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् ।
स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो । मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले बताए ।
राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको राईले बताए ।