July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

मन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा, बिचौलिया र सेटिङको अन्त्य गर्न निर्देशन

1.7K

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।

सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन् । सो क्रममा उनले सेवाग्राहीका गुनासोसमेत सुनेका थिए ।

मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिएका थिए ।
उनले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताए ।

Advertisement

मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिए । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए ।