July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

1.4K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनको प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उनले आग्रह गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालको सचिवालय जनाएको छ ।

Advertisement