January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

अज्ञात समूहले प्रदेशसभा समिति सभापतिको गाडी जलाए

580

काठमाण्डौ- कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले लगाएको आगोबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा जलाइएको हो ।

बिहीबार राति आगो लगाएको कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति गाणेशप्रसाद सिंह चढ्ने सरकारी गाडी
सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अज्ञात समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

Advertisement

गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।