पाँचथर । किराँत सभ्यता सस्कृति र रितिरिवाजको प्रवर्धन गर्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा चासोक मेला सुरु भएको छ । मेला किराँत यले सम्बत ५०८२ एवं उधौली पर्वका अवरमा आयोजना गरिएको हो ।
किराँत जन जीविकामा आधारित ढाका र बुर्का जस्ता रैथाने उत्पादनलाई प्रोत्साहन र प्रवर्धन गर्दै रैथाने बालीबाटै तयार गरिएका खानेकुराको प्रवर्धन गर्न मेलाको आयोजना गरिएको मेला आयोजक सुम्जिरि सुम्मात्लुुङ आम्बेपज विकास प्रतिष्ठानका अध्यक्ष दिलबहादुर लावतीले जानकारी दिए ।
बुुधबारबाट सुरु भएर दश दिनसम्म लाग्ने मेलामा किराँत सभ्यता र सिपमा प्राचिन बस्तुहरुका स्टलसँगै धाननाच ढोलनाच र छेलो हान्ने जस्ता प्रतियोगिता आयोजना गरिएको छ । यससँगै मनोरञजनात्मक क्रियाकलाप अन्र्तगत च्याब्रुङ र छेलो हान्ने प्रतियोगिताको आयोजना गरिने भएको छ ।
मेलाको उद्घाटन एक नम्बर प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङले गरेका थिए ।
