November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक

1.6K

चितवन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएका उपाध्यक्ष एवं पिजन ग्रुप कतारका सीईओ राजेन्द्र कुमार शर्मा(आरके) लाई मातृशोक परेको छ । बाग्लुङ जिल्ला सुखैरा ८ बाट बसाईं सराई गर्दै चितवनमा स्थायी बसोवास गर्दै आएका शर्मा परिवारको माता कुन्ता कुमारी शर्माको ८३ बर्षको उमेरमा बिहीबार विहान निधन भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १६ फुर्तिचोकमा बस्दै आएकी शर्माका आमा कुन्ता कुमारी शर्माको केहि दिनदेखि चितवन मेडिकल कलेजमा उपचार भैरहेको थियो ।

चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. कुन्ता कुमारी शर्मा सोहि टोलको सक्रिय टोल विकास संस्था, सक्रिय आमा समूहको संरक्षक समेत रहेकी थिईन् ।

Advertisement

एनआरएनएका केन्द्रीय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी स्व. शर्माको ८ सन्तान रहेका छन् ।

दिवंगत शर्मा ब्रम्हलीन हुनुअघि शिवघाटमा नै आफ्नो देह अन्त्येस्टी गराईदिनु भन्ने इच्छानुसार उनको पार्थिव शरीरलाई आजै भरतपुर महानगरपालिका शिवघाटस्थित पवित्र घाटमा अन्त्येष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।