January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

सशस्त्र प्रहरी बलका ६ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

975

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ ।

सशस्त्रमा रिक्त रहेको छ डिआइजीका लागि १६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा भएकाहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार सुवेदी, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् ।

Advertisement