बिराटनगर । प्रदेश नम्बर १ का प्रदश प्रमुख परशुराम खापुङले क्रिसमसको उपलक्ष्यमा शुभकामना दिएका छन् । आइतबार शुभकामना सन्देश जारी गर्दै खापुङले क्रीस्चियन धर्मलम्बिहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।
खापुङले नेपाली चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित नरहेको बताउँदै शुभकामना सन्देशमा भनेका छन्, ‘ राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएको कुरालाई स्मरण गर्दै सबैमा क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

