February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रतिनिधि सभाका २७५ सांसदले लिए शपथ

2.4K

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका छन्। प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि २७५ सांसदले बिहीबार शपथ लिएका हुन्।

संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच सांसदहरुले सपथ लिएका हुन्। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अन्य सदस्यलाई सपथ ग्रहण गराएका हुन्। ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।

सपथ कार्यक्रम अगाडि सम्बोधन गर्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले नेपालीबाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएको उल्लेख गरेका थिए। ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।

Advertisement

सपथपछि सदस्यहरुले सपथ पत्रमा हस्ताक्षर पनि गरेका थिए। नेपालीबाहेकका मातृभाषामा सपथ लिनेहरुले नेपाली भाषा र मातृभाषा दुवै सपथ पत्रमा हस्ताक्षर गरेका थिए।