February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

२६ जना सांसदले मातृभाषामा शपथ लिने (सूची सहित)

1.5K

काठमाडौँ — २६ जना नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् ।

मैथली भाषामा तीन जनाले शपथ लिने छन् । यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

Advertisement

बिहीबार ज्येष्ठ सदस्यको रुपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्‍का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।

कसले कुन भाषामा लिँदैछ शपथ ?

सराज अहमद फारुकी : उर्दु भाषा

हितबहादुर तामाङ : तामाङ भाषा

प्रदीप यादव : भोजपुरी भाषा

रुपा सोसी चौधरी : थारु भाषा

दुर्गा राई : कोइ/कोयू भाषा

रामसहाय प्रसाद यादव : भोजपुरी भाषा

रन्जु कुमारी झा : मैथली भाषा

कान्तिका सेजुवाल : नेपाली खस भाषा

अरुण कुमार चौधरी : थारु भाषा

गंगाराम चौधरी डगौरा : थारु भाषा

लालवीर चौधरी : थारु भाषा

विनिता कुमारी सिंह : मधेसी भाषा

चन्द्रकान्त राउत : मधेसी भाषा

अनिता देवी : मधेसी भाषा

सोनु मुर्मु : सन्याली भाषा

सुमना श्रेष्ठ : नेपाल भाषा

मनिष झा : मैथली भाषा

लक्ष्मी तिवारी : अवधि भाषा

अशोक कुमार चौधरी : थारु भाषा

मिना तामाङ : तामाङ भाषा

असिम साह : नेपाली/मुस्लिम भाषा

सूर्यमान तामाङ दोङ : तामाङ भाषा

महिन्द्रराय यादव : हिन्दी भाषा

उमरादेवी यादव : भोजपुरी भाषा

किरण कुमार साह : संस्कृत भाषा