February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

तेह्रथुममा ट्रकको ठक्करबाट सहचालकको मृत्यु

975

मेयङ्लुङ । तेह्रथुममा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । तेह्रथुमको मेयङ्लुङमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ताप्ली गाउँपालिका–४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । मंगलबार बिहान प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement