February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

1.3K

दमक । झपामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कचनकवल गाउपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको हो ।

मंगलबार अपरान्ह बाह्रदशी गाउपालिका–१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।

मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement