March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

आजदेखि मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

875

काठमाडौं । आजदेखि मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि आजदेखि दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।

आजदेखि हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कम्तीमा एक महिना यसरी नै सडक बन्द हुनेछ । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने भएको छ ।

अबको सात मिहनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माणको काम सुरु हुनेछ ।

Advertisement