January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

भेलु बाजेको गतिविधि नियन्त्रण गर्न बुझाइयो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

7K

काठमाडौं । भेलु बाजेको गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै नियन्त्रण गर्न जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको हो ।

झिमरुक ३ प्युठानका सुवास जिसीले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

ज्ञापन पत्रमा छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने सामाजिक मूल्य र मान्यताहरुको गम्भीर दुर्घटना उल्लेख गरिएको छ ।

Advertisement

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।