November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सवारी चालक अनुमतिपत्रका लागि बागमतीमा अनलाइन फारम भर्न सुरु

3.6K

काठमाडौं- बागमती प्रदेशमा सवारीचालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ। बागमती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा बिहीबारदेखि सुरु गरेको हो। 

काठमाडौँ उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवालाई अब निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले जानकारी दिए। 

केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरेका र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको समेत उनको भनाइ छ।

Advertisement