March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

राष्ट्रपति भण्डारीबाट सरकार गठन गर्न आब्हान

1.3K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको म्याद दिएर आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको सूचनाबारे जानकारी गराएको हो।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९र९र१० गते आइतबार १७ः०० बजे भित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस ठूलो दल भएपनि बहुमत भने ल्याएको छैन । निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । आयोगले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ ।

Advertisement

राष्ट्रपति भण्डारीबाट सरकार गठन गर्न आब्हाकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको म्याद दिएर आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको सूचनाबारे जानकारी गराएको हो।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७ः०० बजे भित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।