February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्छ: प्रधानमन्त्री देउवा

795

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार नागरिक नजिकको सरकार भएकाले पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका हुन् ।

नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने प्रधानमन्त्री देउवाले बताए । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने पनि उनको भनाइ थियो ।

देउवाले ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसाबले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको बताए । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा भएको उल्लेख गर्दै यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव भएको पनि उनले बताए ।

Advertisement