March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

पाँचथरको फिदिममा आगलागिमा परि एक ज्येष्ठ नागरिकको ज्यान गयो

1.9K

पाँचथर । घरमा आगलागी हुँदा पाँचथरमा ९१ वर्षीया एक बृद्वाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका १३ लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा एक्लै बसिरहेकी नेम्वाङको वुधवार बिहान ८ वजे निधन भएको बताइएको छ । अँगेनाबाट सल्केको आगो शरिरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन । नेम्वाङ उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

pin up pinup

घट्नाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए ।

Advertisement