March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

किरात याक्थुङ चुम्लुङ धरानद्धारा आयोजित पाँच दिने चासोक तङ्नाम कार्यक्रम सम्पन्न

2K

विराटनगर । किरात याक्थुङ चुम्लुङ धरानद्धारा आयोजित पाँच दिने चासोक तङ्नाम कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूबाट आइतबार कार्यक्रमको समापन गरिएको हो ।

कार्यक्रम समापन गर्दै प्रमुख खापुङले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङको अझ सफलताको कामना गरे । स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको स्मरण गर्दै प्रमुख खापुङले त्यसबेला आफू राष्ट्रिय पञ्चायतको सदस्य रहेकोले प्रत्यक्ष लागिहाल्नु नमिल्ने तर लाग्नु भन्ने सल्लाह दिएको संस्था अहिले यतिको ठूलो बन्न सफल भएकोमा अझ सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।

प्रदेश प्रमुख खापुङलाई स्वागत गर्दै डा कमल तिगेला

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले नेपालको परिस्थितिलाई राम्ररी बुझिएको राष्ट्रज्ञान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ नै काफी रहेको बताए । यहिँ सयौँ थुँगाबाट भाषा, लिपि, धर्म, जाति तथा पहिचान भेटिने मेयर हर्कराज राईको भनाई थियो ।

Advertisement

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा. कमल तिगेला, नेकपा एमाले धरान उपमहानगर समितिका अध्यक्ष हर्कजङ एभेङ, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष ताजुव लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम आदिले बोलेका थिए ।