बिराटनगर । मोरङको लेटाङमा मिक्स्चर मेसिनको ठक्करले एक ओभरसियरको मृत्यू भएको छ । लेटाङ नगरपालिका-९ स्थित तेली खोलाको पुल निर्माणमा खटिएका ओभरसियर को मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यू हुनेमा सिरहाको लहान नगरपालिका-१४ घर भई सूर्य एण्ड सन्स कन्स्ट्रक्सन कम्पनीमा कार्यरत २४ वर्षीय सुनिल साह रहेका छन् ।
पुल निर्माणमा परिचालन गरिएको को १ ख ४०७७ नम्बरको मिक्स्चर मेसिनको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।
मिक्स्चर चालक शम्भु राजधामीलाई इलाका प्रहरी लेटाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।