February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

अनेमसंघ समाजवादीद्वारा  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान 

2.3K

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) ले शुक्रबार लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सचेतना तथा विरोध प्रदर्शन  कार्यक्रम गरेको छ  । एकीकृत समाजवादी अन्तर्गतका सबै जन सङ्गठनहरूको सहभागितामा बानेश्वरस्थित शान्ति वाटीकामा भेला भएर र्याली सहित शान्ति बाटिका परिक्रमा पछि कार्यक्रम गरेको हो ।  

२५ नोभेम्बर वाट १० डिसेम्बर सम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय  अभियान अन्तर्गत अनेमसंघको आयोजनामा भएको कार्यक्रममा हिंसा न्यूनिकरणका लागि सरकार र सरोकारवाला पक्षले खेल्नुपर्ने भूमिकाको बारेमा वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमका वक्ताहरूले नेपालको सन्दर्भमा बनेका ऐन नियम र कानुन कार्यान्वयनमा चुनौति रहेको भन्दै अहिले पनि विभिन्न खाले लैंगिक तथा यौनजन्य हिंसाका घटनाहरूका कारण महिलाहरू बढी पीडित भएको बताएका थिए ।  कार्यक्रममा  अखिल नेपाल महिला संघ  समाजवादीकी केन्द्रीय अध्यक्ष जयन्ती राई, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा विजय पौडेल र प्रदेश सभामा प्रत्यक्ष निर्वाचित काठमाडौँ १० (ख) का माननीय सभासद रमा आले मगरले सम्बोधन गरेका थिए।

कार्यक्रममा सबै  जनसङ्गठनहरू आआफ्नो ब्यानरसहित सहभागी भएका थिए ।

Advertisement