February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा, भित्र-बाहिर जान नियम

1.3K

काठमाडौं । कानून व्यवसायीहरुले आन्दोलन चर्काएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था शुक्रबार कडा बनाइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानून व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सर्वोच्च अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका ३ वटा ट्रकहरु समेत रहेका छन् ।

सर्वोच्चभित्र अनाधिकृत व्यक्ति प्रवेश नगरून भनेर समेत चेकजाँच कडा बनाइएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणको बारेमा सोधेर मात्रै सर्वोच्चमा प्रवेश गर्न दिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको व्यवस्थापनमा कडाई गरिएको छ ।

Advertisement