खोटाङ । पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै गृहमन्त्रीसमक्ष आइतबार ज्ञापनपत्र बुझाइएको छ । समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत नेपाल पत्रकार महासंघ खोटाङ शाखाले बिनासर्त रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहमार्फत बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साइबर क्राइममा झुटो मुद्दा चलाइएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित पारिएकाले उनीमाथि लगाइएको मुद्दा खारेज गरी बिनासर्त रिहाइ गर्न गृहमन्त्री समक्ष जोडदार माग गर्दछ ।’