May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

नवलपरासीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

1.1K

काठमाडौं । नवलपरासी पूर्वको धौवादीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेछन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।

बिहीबार साँझ दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना भएको थियो । ब्रेक फेल भएर जिप भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

Advertisement