January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

भूमिहीनलाई लालपुर्जा दिइने

2.7K

काठमाडौं–सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ । सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि विभिन्न स्थानीय तहसँग सम्झौता समेत गरिसकेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीन नेपालीलाई जग्गाधनीको लालपुर्जा वितरण गरिने प्रक्रिया अगाडि बढाइएको बताउँदै तत्काल करिब एक लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षदेखि नै लालपुर्जा वितरण गरिने बताउँदै उहाँले अहिलेसम्म सुदूरपश्चिमका १७ पालिकासहित मुलुकभरिका दुई सयवटा पालिकासँग सम्झौतासमेत भइसकेको जानकारी दिनुभयो । अन्य पालिकाबाट भूमिहीनको लगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

Advertisement