June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

मत गणना अन्तिम चरणमा, साँझसम्म प्रत्यक्षतर्फको सबै परिणाम आउने

1.2K

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइसक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

Advertisement