March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

1.2K

काठमाडौं । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार शनिबार साँझ लिम्बु चडेको को२१प ४२२८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उपचारका लागि धरान ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement