February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

जापानी मन्त्री र निर्वाचन आयुक्तबीच शिष्टाचार भेट

1.3K

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको जनाइएइको छ । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।

Advertisement