March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

पाँचथरमा ११ बजे पछि मत गणना सुरु हुने

1.8K

पाँचथर । पाँचथरमा सोमबार ११ बजे पछि मत गणना सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।

फिदिमस्थित जिल्ला समन्वय समिति नजिकैको कभर्ड हलमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खसेको मतगणनाका लागि जिल्लाका १ सय ७७ वटै केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । पाँचथरमा कुल १ लाख ३८ हजार ९ सय ३२ मध्ये ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका थिए ।

Advertisement