February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

निर्वाचनमा खटिएका अधिकृतहरुको निधनप्रति आयोगद्धारा शोक व्यक्त

1.1K

काठमाडौं । भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतको मृत्युप्रति निर्वाचन आयोगले शोक व्यक्त गरेको छ । शनिबार शोक–विज्ञप्ति जारी गरी आयोगले मृत्यु भएका दुईजना निर्वाचन अधिकृतप्रति शोक व्यक्त गरेको हो ।

‘सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्था र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको दुःखद् जानकारी प्राप्त भएको छ । निर्वाचन आयोग दिवंगत कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’, आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न पनि आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बद्ध सबै निकायलाई आग्रह गरेका छन् ।

Advertisement