February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

1.1K

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुलस्थित सडकमा झौखेलबाट ब्यासीतर्फ जाँदै गरेको बा.५ ख ९१४२ नम्बरको पानी ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने रामेछाप सुनापाती गाउँपालिका–४ घर भएका रबिन्द्र तामाङको छोरा ७ वर्षीय बिवेश
तामाङको शनिबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पानी ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, चितवन, इच्छाकामना गाउँपालिका–४ रमाइलो डाँडास्थित सडकमा बा.५ च २९४५ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने भरत थापाकी ५ वर्षीया छोरी आक्सा थापाको शनिबार बिहान मृत्यु भएको छ ।

Advertisement

ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज
भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त कारले बा.प्र.०१०२६ च ५११८ कारलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । दुवै कारका चालकलाई प्रहरीले नियनन्त्रणमा लिएको छ ।