February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

प्रधानमन्त्री देउवामाथि अनुसन्धान गर्न निर्वाचन आयोगको पत्र अख्तियारलाई

२०७९ कार्तिक २३

2.2K

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरानमा राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो । आयोगबाटै पत्र आएपछि त्यसलाई सूचना मानेर थप कागजात मगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको उनले बताए । अरु थप विवरण पनि मगाइएको उनले बताए । सबै कागजात आएपछि अरु विस्तृत थाहा हुने उनले बताए ।

Advertisement

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए ।

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरेको दावी गरेका छन् ।