April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धान चुट्ने थ्रेसर मेसिनमा परी महिलाको मृत्यु

२०७९ कार्तिक १४

2.1K

कञ्चनपुर । धान चुट्ने थ्रेसर मेनिमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाटा नगरपालिका–४ असैनास्थित ४७ वर्षीया सिमना राना रहेकी छन् ।

प्रहरीका अनुसार शनिबार राति से.१ त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा पर्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement