November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गायक ,सर्जक तथा समाज सेवी मिलन लामाले चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दै , जीत लगभग निश्चित

3.3K

नेपालको ख्याति प्राप्त लोक दोहोरी गायक तथा सर्जक मिलन लामाले चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । ”शासन होइन सेवाको लागि, आम एकताको लागि ” भन्ने मूल नाराको साथ् चुनाव प्रचार प्रसारमा सक्रिय रहेका लामाको चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ रहेको छ।

बिगत लामो समय देखि गायन र सामाजिक कार्यमा सक्रिय रहेका लामाले कोरोना कालमा समस्यामा परेका नेपालीहरुको सहयोगको साथै उद्दार कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए। विदेशमा समेत गैर आवासीय नेपालीहरुको निमन्त्रणामा अनेकौं स्टेज कार्यक्रमहरु गरिसकेका हुनाले उनी विदेशमा बस्ने नेपालीहरुमाझ पनि राम्ररी परिचित छन्। कलाकारिताबाट कमाएको केही रकम र देश तथा विदेशमा बस्ने नेपालीहरुबाट प्राप्त सहयोगले गरिब दुखीको घर बनाइदिने देखी विपन्न, असहायलाई सहयोग गर्दै आईरहेका लामाले सामाजिक काममा लाग्दै गर्दा व्यक्तिगतरुपमा लाग्नुभन्दा राज्यकै संयन्त्रमा बसेर काम गर्दा बढी प्रभावकारी हुने देखेपछि यसपटक प्रतिनिधि सभामा जाने चाहना बढेको बताएका छन् ।

गरिब दुखीको साथमा मिलन लामा


सर्व साधारण जनताहरुको हकअधिकारका लागि आफू एक्लै लाग्नुभन्दा संसदमा पुगेपछि त्यसबारे आवाज जोडदारको साथ् उठाउन पाइने मात्र नभएर जनताको जीवनस्तर उठाउन आवश्यक योजनाहरूबारे सरकारको ध्यान आकर्षण समेत गराउने अधिकार पाइन्छ भन्ने अपेक्षाका साथ निर्वाचनमा होमिएको उनले बताए।
पहिलो एल्बम ‘कृष्णभीरमा जाम’ बाट चर्चा कमाएका गायक लामाको त्यसयता ‘हङ्कङ आइडीले’, ‘माझी दाइ’, ‘झल्को लाली ओठको’ हुँदै ‘लालुपाते’, ‘गाईलाई दाम्लो माछीलाई फुर्लुङ’ लगायत दर्जन बढी चर्चित गीत छन् । ‘मिलन’ नामक लोकआधुनिक एल्बम समेत निकालेका लामाको केही समयअघि मात्रै ‘डण्डा कावासोती’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर घरदैलो अभियानलाई तीव्रताको साथ् सम्पन्न गरिरहेका लामाले नेपालमामिला संवाददातालाई बताए अनुसार उनी हालसम्म कुनै पनि दलमा आवद्ध नभएको र चितवने जनताको दैनिक सुख दुखमा संग संगै रहेको हुनाले निर्वाचनमा जनताले साथ् दिने कुरामा ढुक्क रहेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अर्थशास्त्री डा विश्व पौडेल लगायतका व्यक्तिहरु चुनावमा मुख्य प्रतिष्पर्धि रहेको चितवन क्षेत्र नं १ रत्ननगरको मोहना घर भएका गायक लामा भन्छन्, ‘म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, चितवनको भूगोल र जनताहरुले आफुलाई राम्ररी चिनेका छन् र यहीँ मर्ने मन छ, ‘त्यसैले म चितवन क्षेत्र नं. १ का मतदाताबाट पूर्ण आशावादी छु।

Advertisement