काठमाडौं । चतुर्भुज केवरत आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो ।
केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा भारोपेली परिवारको रहेको बताए । उनले यो भाषा बङ्गाली समूहमा पर्नसक्ने बताएका छन् । तामाङले लघुत्तम युग्मका आधारमा भाषा वैज्ञानिक कोणबाट केवरत भाषाका वर्णहरूको पहिचान गरेका हुन् । उनले केवरत भाषामा अ, आ, इ, उ, ए, ओ स्वर वर्णहरू तथा क, ख, ग, घ,ङ,च,छ, ज, झ, ट,ठ,ड,ढ, त,थ,द,ध,न, र, ल, व,स,ह व्यञ्जन वर्णहरू रहेको बताएका हुन् । यस भाषामा दीर्घता नरहेको निष्कर्ष निकालिएको छ ।
उक्त कार्यक्रममा उपप्रा.चतुर्भुज केवरत, केवरत भाषाका अभियन्ता रमेश केवरत, कम्प्युटर इञ्जिनियर अमनकुमार दास केवरत, श्रीमती विद्यादेवी केवरत, अजयकुमार दास केवरत, रुमन्थकुमार दास केवरत र सावन्तकुमार दास केवरतलगायतका केवरतभाषीहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रम तामाङ राष्ट्रि«य पुस्तकालय, तामाङ भवन, बौद्धमा सम्पन्न भएको केवरत अधिकारकर्मी अजयकुमार दास केवरतले बताए ।