July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

गोरखा सेवा समाज कतारद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

2.1K

शारदा भुजेल

दोहा । गोरखा सेवा समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान जीवन दान” भन्ने नाराका साथ नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार हमाद अस्पतालको नयाँ ब्लड डोनर केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको गोरखा सेवा समाजका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।

बिहान ८ बजे देखि १२ बजे सम्म संचालन रहेको कार्यक्रममा २६ जनाले रक्तदान गरेको खत्रीले जानकारी दिए ।

Advertisement

रक्तदान जीवन दान मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ समाजले प्रत्येक ६/६ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ ।