April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

भन्सार छली गरी नेपाल ल्याउदै गरेको अवैध इलेक्ट्रोनिक समान बरामद

2.2K

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ ।

सोमबार बेलुका विराटनगरको दरैयास्थित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको विभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ४ लाख ७० हजार मुल्य बरावरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको छ ।

Advertisement