पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध रुपमा प्रदेश सासंदमा निर्वाचित भएका छन् । गण्डकीको युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङ्गे मनाङ (ख) बाट सर्वसम्मत भएका हुन् ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जेलामा गुरुङ स्वतन्त्र उम्मेद्वार बनेका थिए । गुरुङले आफ्नो उमेदवारी फिर्ता लिन बुधबार बिहान १० बजे निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
गुरुङले उम्मेद्वारी फिर्ता लिएपनि औपचारिक घोषणा हुन बाँकी छ । उम्मेदवारी फिर्ता लिने समय दिउँसो ३ बजेसम्म भएकोले ३ बजेपछि निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता भएको र मनाङे निर्विरोध भएको घोषणा गर्ने छ ।